२०८१, १० श्रावण बिहीबार
×

ट्रेन्डिङ

कोशी आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई शहिद घोषणा

1435 Shares

काठमाडौं । कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बुलाई सरकारले शहिद घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले पाँचथरका स्वर्गिय लिम्बुलाई शहिद घोषणा गर्ने निर्णय गरेको हो । लिम्बुको परिवारलाई राज्यले सहयोग गर्ने पनि निर्णय गरेको छ ।

गत चैत्र ५ गते पहिचानबादी आन्दोलनको क्रममा गम्भिर घाइते भएका लिम्बुको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । घटनाको बारे छानबिन गर्न सरकारले समिति नै गठन गरेको थियो ।

कोशी सरकारले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको थियो । लिम्बु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बन्ध लिम्बुवान भोलेन्टियरका सहकमान्डर थिए ।

प्रतिक्रिया