२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक जारी

1939 Shares
Spread the love

काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो। बैठकमा मन्त्रालयका विभिन्न प्रस्तावबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै आजबाट उपनिर्वाचनको आचारसंहिता लागु भएको छ। आचारसंहिता अवधिभर तोकिएका निकाय, अधिकारी तथा व्यक्तिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन, वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न, नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न, स्वीकृति गर्न वा सञ्चालन गर्न, कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोको लागि अनुदान दिने, कुनै राजनीतिक नियुक्तिको पद सिर्जना गर्न वा त्यस्ता पदमा नियुक्त गर्न नहुने आचारसंहितामा उल्लेख छ।

 

 

प्रतिक्रिया