२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

देशका अधिकांश भू-भागमा मेघगर्जन-चट्याङसहित वर्षा हुने

1501 Shares
Spread the love

काठमाडौं। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोमबार बिहान हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, कोशी प्रदेश, गण्डकी प्रदेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ।

सोमबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया