2618
Shares
काठमाडौँ । ३० जना यात्रु लिएर हिँडेको बस जगतपुरमा दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ।
जगतपुरको महानदीको पुलबाट उक्त यात्रुबहाक बस खस्दा ९ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। दुर्घटना हुनासाथ प्रहरी र स्थानीयको सहयातामा घाईतेको उद्धार गरिएको छ।
यात्रु बोकेर कटकबाट अंगुलतर्फ जाँदै गरेको बस जगतपुरको महानदीको पुल तर्दै गर्दा चालकले नियन्त्रण गुमाउँदा दुुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।