२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

उपनिर्वाचनको मनोनयन आज

1347 Shares
Spread the love

काठमाडौं । चितवन, बारा र तनहुँमा आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि अहिले बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने बताए । उनका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिन चाहनेले उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न सक्नेछन् ।

उपनिर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन मनोनयनका क्रममा गर्न नहुने कामको सूची पनि आयोगले सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी दिन सकिने र चैत २२ मा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने छ।

यस्तै, चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया