1586
Shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् । पेटमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यबारे जानकारी लिन प्रधानमन्त्री शिक्षण अस्पताल पुगेका हुन ।
आज बिहान टिचिङ अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन, “सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्युले आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्युलाई भेटी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।”