सांकेतिक तस्विर
सप्तरी । आफू प्रहरी हो भन्दै रकम असुल गर्दै हिँड्ने एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजविराज नगरपालिका–७ खर्साल टोलका २० वर्षीय जोगिन्द्र भनिने सागर यादव रहेको छ।
सप्तरी बोदे बर्साइन नगरपालिका–९ स्वर्णपट्टिस्थित नेपाल भारत सिमानामा यादवले आफू सादा पोशाकको सिभिल प्रहरी भएको भन्दै नेपाल–भारत आवतजावत गर्ने मानिसहरुसँग रकम असुली गरेकाले उनलाई नियन्त्रणमा लिएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।
५२ बोरा मटर बरामद
भन्सार छली चोरी निकासी गरी भारत लैजाने तयारीमा राखिएको करिब रु एक लाख ५० हजार मूल्य बराबरको केराउ ९मटर० प्रहरीले आज बरामद गरेको छ।
प्रहरी चौकी बेल्हीबाट खटिएको टोलीले नेपाल भारत सीमा नजीकै बलान बिहुल गाउँपालिका–३ बाट बेवारीसे अवस्थामा प्रति बोरा ५० किलो मटर रहेको ५२ बोरा फेला पारेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । बरामद गरिएको मटरलाई आवश्यक कानुनी कारवाहीका लागि भन्सार कार्यालय तिलाठीमा पठाइएको पनि उनले बताए।