मंसिर ४- सार्वजनिक लेखा समितीले वाइड बडी खरिद प्रकरणमा छलफलका लागि सरकारलाई बोलाएको छ। मंगलबार बसेको समिति बैठकले मंसिर ९ गते वाइड बडी जहाजको खरिद प्रकरणको विषयमा छलफल गर्न सम्बन्धित पक्षलाई बोलाएको हो।समितिले छलफलका लागि पर्यटन मन्त्री रविन्द्र अधिकारी, नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेल, महाप्रबन्धक सुगतरत्न कंशकारलाई छलफलका लागि बोलाएको हो।

सुरुमा ठूलो जहाज खरिद भएको र अब वायु सेवा निगममा कयपलट हुने भन्ने र अहिले डुब्न लाग्यो भन्नु विवादास्पद भएको समितिको ठहर छ ।समितिले रणनीतिक साझेदारको सहयोगमा ठूलो जहाज खरिद गर्ने निर्णय विपरित भाडामा हो वा खरिद गरेको भन्ने विषय गहन भएको भन्दै छलफलक लागि बोलाएको हो ।
मंगलबारको बैठकमा उपस्थित कांग्रेस सांसद मिनेन्द्र रिजालले ठूलो जहाज खरिद प्रकरणमा छानबिन हुनु पर्ने विषयमा निर्णय गरेको जानकारी दिए।समिति सदस्यले जहाज खरिद प्रकरणमा छानबिन गर्न सभापति भरत साहलाई अनुरोध गरेपछि समितिले छलफलका लागि सरकारलाई बोलाउने निर्णय लिएको हो।