२०८३, ३१ श्रावण आईतवार
×

ट्रेन्डिङ

प्रकाशको स्मृतीग्रन्थमा छैन पहिलो पत्नीको नाम , बिनाले गरिन् अपमान

1110 Shares
Spread the love

मंसिर ४- हिजो सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा प्रकास दाहालको प्रथम स्मृती सभाको आयोजना गरियो । जुन कार्यक्रममा उपराष्ट्रपति , प्रधानमन्त्रीदेखि शिर्षस्थ नेताहरुको उपस्थिती थियो । शोकाकुल र कारुणिक बनेको स्मृतीसभाको भोली पल्टबाट नै आलोचना पनि सुरु भएको छ कारण हो प्रकास दाहालको स्मृतिग्रन्थ । जहाँ प्रकासको संक्षिप्त परिचयमा श्रीमतीको नाम बिना मगरमात्र उल्लेख गरिएको छ जबकी बुझिए अनुसार प्रकाश र सृजनाबीच डिभोर्स भएको पनि छैन।

त्यतीमात्र होईन प्रकाशको जेठी श्रीमती सृजनाको छोरा प्रसिद्धको नाम राखिएको तर आमाको नाम बिना मगर उल्लेख छ । के प्रसिद्ध बिनाको जन्मदिने आमा हुन् ? के प्रचण्ड परिवारले सृजनालाई बुहारीको दर्जा नदिएका हुन् के बिना मगरले सृजनाको अपमान गरेकी हुन् ? यस्तै टिप्पणीहरु यतिबेला भईरहेका छन् ।

प्रकाशको श्रीमतीको रुपमा आफनो नाम नभएपछि सृजनाले पनि सम्बन्धित ठाउँमा आपत्ति जनाएको बुझिएको छ । सोमबारको कार्यक्रम हुँदा मञ्चको दोस्रो लहरमा मोहन वैद्यसँगै प्रचण्डका छोरी रेणु, गंगा र बुहारी बिना बसेका थिए । त्यसबीचमा नेकपाका केही नेताहरुले कार्यक्रमस्थलको कुनामा बसेर हेरिरहेकी अर्की बुहारी सिर्जनालाई पनि मञ्चमा लगेका थिए ।

मञ्चमा गएर बस्न साथ बिनाले पछाडि फर्केर सृजनालाई तपाई किन आउनु भएको यहाँ ?’ भन्दै अपमानजनक व्यवहार गरेको प्रत्यक्षदर्शी एक सुरक्षाकर्मीले बताए । त्यसपछि सिर्जना कार्यक्रमस्थलभर एउटा कुनामा गएर बसेकी थिइन् । यस्तै अवस्थाले पनि बिनाले सृजनाको अपमान गरेको चर्चा भईरहेको छ ।

यतिबेला सृजनाको छोरा प्रसिद्ध प्रचण्डसंगै छन भने सृजना माईतीघर । बुझिए अनुसार पारिवारिक झमेलाकै कारण सृजनालाई प्रचण्डले परिवारसंगै राख्न सकेका छैनन् । उता सृजना पनि आफुमाथि भएको व्यवहारबारे बोल्न प्रचण्डकै मुख हेरेर सकिरहेकी छैनन् । तर सृजनाले स्मृतीग्रन्थमा आफनो नाम नराखेपछि भने  चित्त दुखाएकीछिन् ।

प्रतिक्रिया