1766
Shares
काठमाडौं। वीर अस्पताल, न्यूरो सर्जरी युनिट १ का प्रमुख प्रा.डा. ध्रुवराज अधिकारीले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यमन्त्रीलाई सम्बोधन गर्दै लखिएको राजीनामा पत्रमा डा. अधिकारीले सिधै घुस दिन नसकेकोले राजीनामा दिएको उल्लेख गरेका छन् । उनले राजीनामा पत्रको विषयमै ‘चाकडी र घुसको रकम पुर्याउन नसकेकोले राजीनामा’ लेखेका छन् ।

पत्रमा डा. अधिकारीले आफू विगत १ वर्षदेखि बिना तलब काम गरिरहेको उल्लेख गरेका छन् । वीर अस्पतालमा सम्बन्धित विशेषज्ञको पद खाली भएको अवस्थामा वीर अस्पतालले बारम्बार पत्र लेखेको र आफूले पनि अथक प्रयास गरेको तर पूर्वाग्रही ढंगले आफूलाई समेत वीरमा रहन नदिइ बाहिर सरुवा गर्ने प्रयास भएको पत्रमा बताएका छन् । उनले मागिएको घुस आफू दिन असक्षम भएकोले राजीनामा दिएको भनेका छन् ।