२०८३, ३१ श्रावण आईतवार
×

ट्रेन्डिङ

आप्रवास: ट्रम्पको आदेश कार्यान्वयन नगर्न अदालतको आदेश

2874 Shares
Spread the love

वासिङ्टन। एक जना सङ्घीय न्यायाधीशले संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रुपमा मान्यता नदिने गरी भएको ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रुपमा रोक्न सोमबार आदेश दिएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यही महिनाको शुरुमा राष्ट्रिय सुरक्षाको मामिला भन्दै अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई स्वीकार नगर्ने आदेशमा हस्ताक्षर गरेका थिए। मध्य अमेरिकी आप्रवासीहरुको ठूलो समूह मेक्सिको हुँदै अमेरिकी सीमातर्फ अघि बढेसँगै राष्ट्रपति ट्रम्पले सीमामा सैनिक परिचालन गर्नुका साथै उक्त आदेश जारी गरेका थियो।

सानफ्रान्सिस्कोमा अमेरिकी जिल्ला अदालतका न्यायाधीश जोन टिगारले राष्ट्रपतिको आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएका थिए। राष्ट्रपतिको कार्यकारी आदेश आएलगत्तै अमेरिकी मानव अधिकारवादी समूहहरुले राष्ट्रपतिको आदेशविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए।

अमेरिकी नागरिक स्वतन्त्रता युनियनले आप्रवासीका रुपमा अमेरिका प्रवेश गर्न चाहने जोकोही व्यक्तिले आवेदन गर्न पाउने अधिकार रहेको बताएको छ। यस्तो अधिकार सीमामा आएका वा गैरकानुनी रुपमा देशभित्र प्रवेश गरिसकेको दुबै अवस्थामा कार्यान्वयन हुनेछ।

ट्रम्प प्रशासनका तर्फबाट खटिएका वकीलहरुले राष्ट्रिय सुरक्षामा चुनौती देखिएकाले आप्रवासनलाई नियन्त्रण गर्न कार्यकारी शक्तिको प्रयोग गर्नुपरेको तर्क गरेका थिए।

प्रतिक्रिया