२०८३, ३१ श्रावण आईतवार
×

ट्रेन्डिङ

समाजसेवी चिम्खोले काइला उपराष्ट्रपतिद्वारा सम्मानित

3998 Shares
Spread the love

बेलायत । बेलायतमा बसोबास गर्दै आएका समाजसेवी, पत्रकार तथा साहित्यकार दुत पुन (चिम्खोले काइला) उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)  द्वारा सम्मानित भएका छन्।

म्याग्दी रघुगंगा गाउँपालिका वडा न ७ चिमखोला घर भएका काइला हाल बेलायतमा बसोबास बस्दै आएका छन्। लामो समयदेखि विदेशमा रहेर पनि नेपालीको सामाजिक सेवा, पत्रकारिता क्षेत्र तथा साहित्य क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै उपराष्ट्रपतिले उनलाई सम्मान गरेका हुन्।

पत्रकार काइला एभेरेस्ट टाइम्स साप्ताहिक युकेका प्रबन्ध निर्देशक तथा सम्पादक हुन । उनको लगातार सक्रिय योगदानको कारणले गर्दा एभेरेस्ट टाइम्स साप्ताहिक युकेले हालसालै दसौँ बार्षिकोत्सव मनाउन सफल भएको छ। म्याग्दीको चिम्खोलामा जन्मिएका चिम्खोले ब्रिटिश सेनाको अवकाश प्राप्त वारन्ट अफिसर उनले मार्केटिङ तथा इनोभेसन बिषयमा डिग्री गर्दै छन्।

उनी अन्तर्राष्ट्रिय पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ युके, आदिवासी पत्रकार महासंघ युकेमा आबद्ध छन।

साहित्यकार काइला नेपाली साहित्य तथा गीतसंगितमा पनि उत्तिकै रुची राख्ने व्यक्तिच हुन्। उनले प्रकाशित गरेका साहित्य कृतिहरु : सुन्दन्ते र युकेको जिन्दकी कविता संग्रह हुन भने ‘अर्ली भाइ’ कथा संग्रह हो।

उनले निर्माण गरेका गीत संगीत तर्फका कृतिमा युके तिर जाउली, लोक दोहोरी एल्बम, लण्डनको कोशेली, आधुनिक गीति एल्बम र द बेस्ट अफ चिमखोले काइला डिभिडी निर्माण गरेका छन्।

प्रतिक्रिया