राष्ट्रपति बिधा देवी भण्डारीले नयाँ गाडी खरिद गर्नका लागि १८ करोड माग गरेको खबरले यतिबेला सामाजिक सञ्जाल यतिबेला निकै तातेको छ । मन्त्रीदेखि नेतासम्मलाई गाडी खरिद गर्न राज्यको करडौँ रुपैयाँ खर्च भईरहँदा भोका नाङगा जनताहरु , भुकम्पबाट अझै पनि टहरामा बस्न बाध्य र टहरामै पढ्न बाध्य, बिकट जिल्लामा खाद्यय अभावमा कुपोषित भईरहेका , सिटामोलसमेत नपाएर जनता मर्नु परिरहेको अवस्थामा माननीयहरुका लागि गाडी खरिदमा करोडौँ खर्च भईरहदा कुन जनताको मन नपोल्ला र ?
गाडी खरिदका लागि राज्य कोषको करोडौँ रुपैयाँ खर्चिएको समाचार पढ्दा लाग्छ देशलाई अझै कंगाल बनाएरै छोड्छन । यही प्रसंगले सामाजिक सञ्जालमा चर्काे आलोचनासहित पोस्टहरु भईरहेका छन् । यसबीचमा पछिल्लो समय सामाजिक अभियन्ताको रुपमा आफुलाई प्रस्तुत गरिरहेकी नायिका रेखा थापालाई पनि राष्ट्रपतिलाई गाडी किन्न १८ करोडको प्रसंगले चित्त बुझेको छैन ।
राप्रपा (प्रजातान्त्रिक) मा समेत आवद्ध रहेकी उनले राष्ट्रपति बिधादेवी भण्डारीलाई प्रश्न सोधेकीछिन् । सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै रेखाले १८ करोडको लगानीले देशलाई के दिन्छ भनी प्रश्न गरेकीछिन् । उनी लेख्छिन् कुरा १८ करोडको गाडीको होइन । यो धेरै ठुलो रकम पनि नहोला नेपाली जनता लाई । तर अठार जना छोरीले आफु यो देशको राष्ट्र प्रमुख हुने सपनादेख्छन त ? यो लगानिले देश लाई के दिन्छ ? ।