२०८३, १ भाद्र सोमबार
×

ट्रेन्डिङ

“सरकारसंग काम गर्ने क्षमता नै छैन” :- नेता सिंह

1925 Shares
Spread the love

मंसिर ४ -कांग्रेस नेता प्रकाशमान सिंहले सरकारसँग काम गर्न सक्ने क्षमता नभएको बताएका छन् । मंगलबार प्यूठानको बाग्दुलामा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । सरकार समृद्धिको नारामात्र घन्काउँने काम मात्र गरेको भन्दै उनले भने ‘कुरा मात्र ठूला गर्ने,’ उनले भने, ‘विकास बजेट ८ प्रतिशत पनि खर्च हुन सकेको छैन ।’

साथै उनले सरकार संघीयता संस्थागत गर्ने पक्षमा समेत नरहेको आरोप लगाए । दुईतिहाइको सरकार हुँदा पनि संघीयतालई संस्थागत गर्ने पक्ष ओली सरकार देखिईएको भन्दै नेता सिंहले भने ‘संविधानको संस्थागत गर्न सरकारको ध्यान पुगेको छैन ।’

९ महिना वितिसक्दा पनि कुनै विधेयक संसदमा पेश गर्न नसकेको गुनासो गरेका सिंहले सरकार जनतालाई शन्ति सुरक्षा दिन समेत असर्मथ रहेको बताए ।  पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले यातायातको सिण्डिकेट, सुनकाण्ड जस्ता घटनाको संरक्षणकर्ता सरकार नै रहे
को नेता सिंहको आरोप छ । त्यतीमात्र होईन उनले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको चित्तबुझ्दो काम नगरेकै कारणले पार्टीले चुनावमा लज्जास्पद हार बेर्होनु परेको टिप्पणी गरे

प्रतिक्रिया