979
Shares
बुटवल,४ मंसिर ।
सरकारी वकिल कार्यालय रूपन्देहीका जिल्ला न्यायाधीवक्ता कोषहरी निरौला घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले ८० हजार घुससहित निरौलालाई मंगलबार पौने १२ बजे पक्राउ गरेको हो ।
अदालतमा रहेको मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग लिएको नगद रकम ८० हजारसहित निरौलालाई पक्राउ गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंङ्गालले जानकारी दिए ।
निरौला सरकारी वकिल कार्यालय भैरहवाबाटै पक्राउ परेको र अहिले मुचुल्का उठाईरहेको प्रवक्ता दंङ्गालले जानकारी दिए ।