1578
Shares
नेपाली सिनेमा क्षेत्रका लोकप्रिय नायक विपिन कार्की सवारी दुर्घटनामा परेका छन् । हाल जात्रै जात्राको सुटिङमा व्यस्त रहेका विपिन सुटिङ स्थल जाने क्रममा आज बिहान कलंकीमा दुर्घटनामा परेका हुन् । उनी सवार बाईकलाई अर्काे बाईकले ठक्कर दिएको हो ।
ठक्कर दिने बाईकका चालक हाल फरार रहेको बताईन्छ । विपिन दुर्घटनामा परेपछि फिल्मको सुटिङ पनि प्रभावित भएको छ भने दुर्घटनाबाट विपिनको खुट्टामा गम्भीर चोट लागेका र खुट्टाको अपरेसन गर्नुपर्ने भएको विपिनको पारिवारिक श्रोतले बताएको छ ।
निर्देशक प्रदिप भट्टराईका अनुसार उनको खुट्टा भाँचिएको छ । सिसि टिभी फुटेज हेरेर अपराधी पत्ता लगाईने निर्देशक भट्टराई बताउँछन् । विपिनको यतिबेला बल्खु स्थित बयोधा हस्पिटलको आइसीउमा राखेर उपचार भइरहेको छ । उनको अर्काे फिल्म प्रुाद मंसिर २१ गतेबाट रिलिज हुँदैछ ।