२०८३, १७ बैशाख बिहीबार
×

ट्रेन्डिङ

सिंहदरबारभित्रै बेथिति : मन्त्रालयका अनुगमन महाशाखाहरू निस्क्रिय हुँदा विकास कार्य प्रभावित

1759 Shares
Spread the love

काठमाडौं। सिंहदरबारभित्र रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत २२ वटा मन्त्रालयमध्ये अधिकांशमा रहेका अनुगमन तथा मूल्यांकन महाशाखा नै निस्क्रिय अवस्थामा छन् ।

सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयन भएनभएको अनुगमन तथा मूल्यांकन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी ती महाशाखाहरूसँग छ तर महाशाखाहरू निस्क्रिय हुँदा अनुगमन प्रतिवेदन बन्ने गरेका छैनन् । महाशाखाहरूले अनुगमन गरी कसैलाई कारबाहीको सिफारिस गर्ने गरेका छैनन् ।

स्रोतका अनुसार ती महाशाखाले गल्ती गर्ने र प्रभावकारी काम नगर्नेलाई कारबाहीको सिफारिस गर्नुको साटो ती निकायसँग उल्टै सेटिङ गरी गल्ती लुकाउने गरिएको छ ।

महाशाखाहरूले जिम्मेवारीअनुसारको काम गर्न नसक्दा सरकारको नीति योजना तथा कार्यक्रमको कार्यान्वयनसमेत निकै फितलो हुँदै आएको बताइन्छ । अनुगमन महाशाखा नै निस्क्रिय भएकाले पनि सरकारको विकास तथा निर्माण कार्यले गति लिन नसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया