1100
Shares
मंसिर १ – धनगढीमा शुक्रबार एक युवकको हत्या भएको छ । हत्या भएको युवक धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धामका २५ बर्षिय विजय थापा रहेको वडा प्रहरी कार्यालय धनगढीमा प्रमुख प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए ।
उनको हत्या राती करिब १० बजेकोसमयमा भएको बताईएको छ । थापाको हत्या गरी रक्ताम्य शवलाई घिसार्दै लगिरहेका बेला धनगढी उप–महानगरपालिका वडा नम्वर ४ कै आशिष सेटी र घटना स्थलमा भेटिएका सोही ठाउँका दीपेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । शवको पोष्टमार्टमका लागि अञ्चल अस्पताल धनगढी लगिएको प्रहरीले जनाएको छ ।