२०८३, १ भाद्र सोमबार
×

ट्रेन्डिङ

भिडियोमा रीमा र बेनिशाको समलिङ्गी रुप

1061 Shares
Spread the love

काठमाडौं : पछिल्लो समय समलिङ्गी खुल्न थालेका छन्। पहिले आफ्नो पहिचान खुलाउन डराउने अहिले समाजमा देखिएको सोचको परिवर्तनसंगै परिवर्तित भएका हुन्।

प्रविन श्रेष्ठको निर्देशनमा लेजबियनको कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ। अञ्जु पन्तको स्वरमा सजिएको गीतका शब्द दर्पण यात्रीका हुन्। गीतमा संगीत भने जीतेन तामाङ लामाको रहेको छ।

‘मैले भुल्न’ बोलको गीतको भिडियोमा नायिका द्वय रीमा विश्वकर्मा र बेनिशा हमाललाई लेजबियन जोडीको रुपमा प्रस्तुत गरिएको छ।

भिडियोमा लेजबियन बनेका यी दुई नायिकाको इन्टिमेट सिन समेत समावेश गरिएको छ। उत्तम हुमागाईले छयांकन गरेको भिडियोके सम्पादन  प्रविन श्रेष्ठले गरेका हुन्। भिडियो मोक्क्ष प्रोडक्सनको प्रस्तुतीमा हेलो नेपाल इन्टरटेनमेन्टले निर्माण गरेको हो।

प्रतिक्रिया