780
Shares
कार्तिक ३० -प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर बिगारेर सामाजिक सञ्जालमा सेयर गरेको भन्दै प्रक्राउ परेका कृष्ण ढकाल साधारण तारिखमा रिहा भएका छन् । काभ्रेको तपेश्वर उच्च माविका ईकाई अध्यक्षसमेत रहेका ढकाललाई काठमाडौं जिल्ला अदालतले शुक्रबार रिहा गरेको हो ।
नेविसंघका केन्द्रीय सदस्य शुसिल भट्टका अनुसार ढकालले फेसबुकमा सेयर गरेको उक्त कार्टुन ढकालले बनाएको नभई अरु कसैले बनाएका थियो । उनलाई विना स्वार्थ रिहाको माग गर्दै नेविसंघले दबाब दिँदै आएको थियो । ढकाललाई कार्तिक १९ गते काभ्रे प्रहरीले पक्राउ गरेको थियो ।