२०८३, १ भाद्र सोमबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओली जंगबहादुर र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख : केसी

1378 Shares
Spread the love

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको गम्भिर आरोप लगाएका छन्। उनले प्रधानमन्त्रीले काम भन्दा बढि कुरा गरेकाे,आफूमा शक्ति केन्द्रित गर्न  खाेजेकाे र सत्ता र शक्तिको उन्माद चढेकाे अाराेप लगाए।

शुक्रबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता केसीले  भने- वर्तमान सरकारको ९ महिने कार्यकाल पुग्न अब चार दिन मात्रै बाँकी छ । समग्र रुपमा यो सरकार असफलतातर्फ उन्मुख छ। निर्वाचनको बेला जनतामा झुठको पुलिन्दा बाँड्यो । तर, अहिले काम गर्न सकेको छैन्।’

उनले प्रधानमन्त्री ओलीले २५ अर्बभन्दा माथिका परियोजनाहरु आफू मातहातमा केन्द्रित गरेकोमा पनि आपत्ति जनाए। केसीले भने,‘यो ९ महिनामा सरकारले के चाहीँ राम्रो काम गर्यो त? वृद्धभत्ताको कुरा उठाउँदा उठाउँदै म त थाकिसकें। सत्तामा आउनुभन्दा पहिले ओलीजी र प्रचण्डजीले भ्रष्टाचारीहरुलाई जेल हाल्छौं, कारबाही गर्छौं भनेर चर्को स्वरमा बोल्नुभयो। तर, सत्तामा आएपछि अहिलेसम्म केही भएको छ त? बरु बुढीगण्डकी परियोजना बिना प्रतिष्पर्धा दिइयो? वाईडबडीको विवाद त्यस्तै छ। साँढे ३३ केजी सुन कहाँ छ? यो प्रकरणमा पक्राउ परेकाहरुलाई किन गुपचुप राखिएको छ? राख्नुपर्ने कारण के हो ?’

केसीले सुन तस्करी प्रकरणमा जुनसुकै पार्टीका मान्छे भएपनि जरैकिला उखल्नेगरी काम गर्न केले रोक्यो भनेर प्रश्न गरे। त्यस्तै सिण्डिकेटको अन्त्य गरेको भनेर सरकारले भनेपनि अहिलेसम्म सिण्डिकेट नतोडिएको उनको आरोप छ। उनले भने,‘सरकारले जुनतारा झार्ने कुरा गर्छ। तर, काम भने शून्य छ।’

प्रतिक्रिया