२०८३, ३१ श्रावण आईतवार
×

ट्रेन्डिङ

रुनीको बिदाई खेलमा इङ्ल्याण्डको सहज जित

2016 Shares
Spread the love

काठमाडौँ । पूर्व कप्तान तथा सर्वाधिक गोलकर्ता वायन रुनीको बिदाई खेलमा इङ्ल्याण्डले अमेरिकालाई ३–० ले पराजित गरेको छ। घरेलु मैदानमा बेम्बलीमा बिहीबार राति भएको खेलमा इङ्ल्याण्डको जितमा २५ औं मिनेटमा जेसी लिंगार्ड, २७ औं मिनेटमा अलेम्जान्दर आर्नोल्ड र ७७ औं मिनेटमा कालोम विल्सनले गोल गरे।

२०१७ मै सन्यासको घोषणा गरेका रोनीको बिदाईकै लागि इङ्ल्याण्ड फुटबल एसोसिएसनले यो खेलको आयोजना गरिएको थियो। उनलाई १२०औं क्यापसहित गार्ड अफ अनर दिएर राष्ट्रिय टोलीमा गरेको योगदानको कदर गरी सम्मान गरिएको थियो।

करिअरको अन्तिम खेलमा दोस्रो हाफमा मैदान प्रवेश गर्दै कप्तानको भूमिका निर्वाह गरेका ३३ वर्षीय रुनीले ३३ मिनेट मैदानमा बिताएका थिए। इङ्ल्याण्डका लागि १ सय २० क्याप खेल्दै ५३ गोल गरेका रोनीको नाममा सर्वाधिक गोलको कीर्तिमान छ।

प्रतिक्रिया