२०८३, ३१ श्रावण आईतवार
×

ट्रेन्डिङ

कतार प्रहरीले ‘आर के शर्मा’ लाई २८ दिनपछि छाड्यो

872 Shares
Spread the love

कार्तिक ३० -कतारमा एक सांगेतिक कार्यक्रममाफर्त कतारी रोजगार दाताहरुले नेपाली कामदारलाई दिने गरेको पीडा देखाएपछि प्रक्राउ परेका एनआरएन मध्यपुर्व संयोजक राजेन्द्र कुमार (आर के)  शर्मालाई कतार प्रहरीले छाडेको छ। झण्डै एक महिनादेखि नियन्त्रणमा रहेका उनलाई २८ दिनसम्म नियन्त्रणमा राखेर कतार प्रहरीले छाडेको हो ।

कतारका सुरक्षामा आँच पुग्ने काम हुनबाट किन नरोकेको भन्दै कतारी प्रहरीले सोधपुछ गरेको उनले बताएका छन् ।अक्टोबर १८ तारिखका दिन कतार प्रहरीले शर्मालाई नियन्त्रणमा लिएको थियो। यसैगरी उक्त कार्यक्रमका आयोजक प्रतिष्ठानका उपाध्यक्ष शक्ति क्षेत्री र कलाकारहरु राम बाबु बोहरा, रित कुमार श्रेष्ठ र कृष्ण ढकाललाई पनि त्यहाँको सुरक्षा निकायले  नियन्त्रणमा लिएर छाडेको थियो ।

शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेपछि एनआरएनले उनको रिहाइको माग गरेको थियो। एनआरएनले कतारस्थित नेपाली दुतावास, परराष्ट्र मन्त्रालय लगायत सम्बन्धित निकायहरुमा उहाँको अवस्था एकिन गर्न र रिहाइका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै आएको थियो।

प्रतिक्रिया