ससांरमा केहि यस्ता घटना हुन्छ, जुन घटना थाहा पाउदाँ विश्वास नै लाग्दैन । आज पनि हामीसगँ यस्तै घटना छ तर त्यसबाट तपाई कत्तिको विश्वस्त हुनुहुन्छ ? त्यो तव अधि बढ्दै जादाँ थाहा हुन्छ होला । त्यो एक महिलासगँ सम्वन्धित घटना हो ।
भारत अहमदाबाद स्थित सरकारी अस्पतालका चिकित्सकले शल्यक्रिया गर्दा एक महिलाको पेटबाट डेढ किलो ग्रामको धातु निकालियो । त्यसमा मंगलसूत्र, चुरा, ब्रासलेट, चेन, हेयर पिन, नटको किला पनि थियो । ति महिलाको नाम संगीता ४५ वर्षकी छिन् । उनी मानसिक रुपमा विरामी थिईन । चिकित्सकका अनुसार उनलाई एकुफेजिया नामक रोग थियो । करिब २ घण्टा सम्म चलेको शल्य क्रियापछि चिकित्सकले ति महिलाको पेटबाट त्यो धातु निकालिएको हो ।
महिलाको पेटबाट यत्रो मात्रामा धातु निकालिएपछि चिकित्सकहरु चकित भएका छन् । यस विषयमा थप अनुसन्धान भईरहेको अस्पतालका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । नेपालका अस्पतालमा पनि यस्ता कैची लगाएत निकालिएका घटना घट्ने गरेको त सुनेकै हो । भारतका अस्पतालमा पनि मंगलसूत्र, चुरा, ब्रासलेट, चेन, हेयर पिन, नटको किला पनि हरेछ ।एजेन्सी