२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

आईसीसी विश्वकप लिग–२ : यूएईविरुद्व ब्याटिङ गर्दै नेपाल, ज्ञानेन्द्र र करण बेन्चमा

1122 Shares
Spread the love

काठमाडौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा क्रिकेट अन्तरगत युनाइटेड अरब इमिरेट्स (यूएई) सँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले आजको खेल जिते नेपालको एकदिवसीय मान्यता जोगिनेछ ।

अब बाँकी तीनवटै खेल जितेमा नेपालले शीर्ष तीनमा रहेर जिम्बाब्वेमा १८ जुनदेखी ९ जुलाईसम्म हुने एकदिवसीय विश्वकप–२०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछ।

एक खेलमात्र हारेमा पनि नेपालको त्यो सम्भावना समाप्त हुन्छ। नेपालले प्लेअफबाट गुज्रिनुपर्ने हुन्छ। तथापि, आगामी चार वर्षको लागि आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता भने जोगाउने सम्भावना रहन्छ। आईसीसीले शीर्ष पाँचमा रहने टिमले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने छ।

सात देश सम्मिलित आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले ३३ खेलबाट ३४ अंक जोडेर पाँचौ स्थानमा छ। समान खेलबाट ३१ अंक जोडेको यूएई छैटौँ स्थानमा छ। प्रतियोगिताको च्याम्पियन बनेको स्कटल्यान्ड ५० अंकका साथ शीर्ष स्थानमा छ । ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा छ। स्कटल्यान्ड र ओमान दुवैले जिम्बाब्वेमा हुने छनोट प्रतियोगितामा स्थान पक्का गरिसकेका छन्।

तेस्रो स्थानमा नामिबिया छ। नामिबियाले ३९ अंक जोडेको छ। सबै खेल जितेमा नेपालको ४० अंक हुनेछ। र, नामिबियालाई पछि पार्दै नेपालले जिम्बाब्वेको टिकट पक्का गर्नेछ। ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा छ। पीएनजी ११ अंकका साथ सातौँ स्थानमा छ। नेपालमा जारी त्रिदेशीय शृंखलामा नेपालले यूएईविरुद्ध पहिलो खेल खेल्न लागेको हो।

 

प्रतिक्रिया