1412
Shares
काठमाडौँ । बलिउडकी नायिका नेहा धुपियाका पति अंगद् बेदीले आफ्नाबारे धेरै गोप्य कुराहरुको खुलासा गरेका छन्।
बेदीले आफ्नै पत्नी धुपियाको कार्यक्रम नो फिल्टर नेहामा पति अंगलदले पत्नी नेहा धुपिया विवाह अगाडि नै गर्भवती भएको रहस्य खुलाएका हुन्। नेहाले उक्त कार्यक्रम शो आफ्नो इंस्टाग्राममा शेयर गरेकी छन्।
नेहाले सेक्रेटमा पतिबारे पनि एक पोल खोलिन् जसले बेदी लज्जित बने । उनले भनेकी छन्, तपाई आफ्नी गर्लफ्रेण्डसँग फ्ल्याटमा बस्दा उसले तपाईको सामान सडकमा फालेको बिर्सिनु भयो भन्दा बेदीले भने, यो तिमीले कसरी थाहा पायौ ?
नेहा र अंगदले यहि वर्ष मात्रै विवाह गरेका हुन्। उनीहरुको विवाहको खबर सुनेर सबै चकित बनेका थिए। उनीहरुले किन राता रात विवाह गरे रहस्य बल्ल खुलेको छ किनकी नेहा यस अगाडी नै पेगनेन्ट थिईन्।