२०८३, ३१ श्रावण आईतवार
×

ट्रेन्डिङ

दुलहा-दुलही बन्दा यस्तो देखिएका दिपिका-रणवीर(तस्बिर सहित)

1857 Shares
Spread the love

दिपिका दक्षिण भारतीय भएको कारणले पनि उनीहरुको बिवाह दुई रीति अनुसार भएको हो भने आज उनीहरुको सिंधी रीति अनुसार बिवाह गरे । दिपिका र रणवीरको बिवाहमा बलिउडका सारुख खान , फराह खान र सञ्जयलिला भन्सालीमात्र सरिक भएका छन् । उनीहरुको बिवाहमा मिडियालाई बन्देज गरिएको छ जस कारण पनि उनीहरुको दुलहा दुलहीको लुक्ससमेत हेर्न पाएका थिएनन् ।

तर केही समय अगाडीमात्र दिपिकाले सामाजिक सञ्जालमाफर्त आफुहरुको बिवाहको तस्बिरहरु सार्वजनिक गरेकी छिन् । दुबै रीति अनुसार गरिएको बिवाहमा दिपिका रणवीर दुबै निकै मायालु देखिएका छन् । मिडियालाई बिवाह समारोहबाट टाढै राखिएको कारण उनीहरुको बिवाहको खबर र चर्चाले सामाजिक सञ्जालमा रेर्कड नै बनाएको छ ।

रोचक कुरा त के भने उनीहरुले बिवाह कुनै शुभ मुर्हुतबिना नै गरेका हुन् । उनीहरुले बिवाह भोज पनि दुई पटक दिने भएका छन् । बेंगलुरमा २१ नोभेम्बरमा दिपिकाको तर्फबाट र २८ नोभेम्बरमा मुम्बईमा रणवीरको तर्फबाट बिवाह भोजको आयोजना गर्ने तयारीमा रहेका छन् । दिपिका र रणवीरबिच गोलियोकी रासलिला रामलिला फिल्मको सुटिङसंगै प्रेम सम्बन्धमा परेका थिए । यसअघि रणवीरको नाम अनुष्का शर्मा र दिपिकाको नाम रणबीर कपुरसंग जोडिएको थियो ।

प्रतिक्रिया