२०८३, ३१ श्रावण आईतवार
×

ट्रेन्डिङ

धर्नामा बसेका निर्मला पन्तका बाबुआमा बिरामी

1214 Shares
Spread the love

काठमाडौँ । छोरीको हत्यारालाई कारवाहीको माग गर्दै धर्नामा बसेका निर्मला पन्तका बाबुआमा बिरामी परेका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य प्रवेशद्धार अगाडि कार्तिक २५ गतेदेखि अनिश्चितकालिन २४ घण्टे धर्नामा बसेका निर्मला पन्तका बाबुआमा अत्यधिक चिसोका कारण बिरामी परेका हुन्।

आज बिहीबार महाकाली अञ्चल अस्पतालका चिकित्सकको एक टोलीले धर्ना स्थलमै निर्मलाका बावु यज्ञराज, आमाहरु दुर्गादेवी र लक्ष्मीको स्वास्थ्य परीक्षण गरेका थिए।

उनिहरुको रक्तचापमा कमी आएको महाकाली अञ्चल अस्पतालका डा। किशोर बोहराले बताए । उनका अनुसार निर्मलाकी आमाको ब्लड प्रेसर कम र कान्छि आमाको बढि भएको देखिएको छ ।

खाना कम खाने, चिसोमा धर्ना बस्ने र कम सुत्ने गरेका कारण तीनै जनाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको चिकित्सकको भनाई छ । निर्मलाका बुबाआमाको दिसा–पिसाब परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। सडक किनारमा रातभर धर्नामा बस्दा लामखुट्टे लगायत झिंगाको टोकाइले पनि भाइरल ज्वरो लगायत समस्या देखिएको हुनसक्ने चिकित्सकले बताएका छन्।

प्रतिक्रिया