२०८३, ३१ श्रावण आईतवार
×

ट्रेन्डिङ

प्रेस युनियन राससमा रिसाल

688 Shares
Spread the love

काठमाडौँ । प्रेस युनियन रासस प्रतिष्ठान शाखाको अध्यक्षमा वरिष्ठ सम्पादक मोहिनी रिसाल निर्विरोध निर्वाचित भएका छन्। प्रतिष्ठान शाखाको आज सम्पन्न तेस्रो अधिवेशनले पूर्णप्रसाद मिश्र उपाध्यक्ष, छविलाल कुमाल सचिव, कुमार चौलागाईं कोषाध्यक्ष तथा मैना थापा, प्रीतम भट्टराई र आदित्य दाहाललाई सदस्यमा निर्विरोध चयन गरेको छ।

त्यसैगरी केन्द्रीय पार्षद्मा सूर्यचन्द्र बस्नेत, पूर्णप्रसाद मिश्र, एकराज पाठक, सोमनाथ लामिछाने, निर्मला आचार्य, कृष्ण अधिकारी र कृष्णप्रसाद सापकोटा तथा प्रदेश पार्षद्मा दिलीप अधिकारी, छविलाल कुमाल, कुमार चौलागाईं, पवित्रा गुरागाईं, रोशा बस्नेत, प्रीतम भट्टराई र सिवी अधिकारी निर्विरोध चयन भएका छन्।

विसं २०४८ मा स्थापना भएको युनियनको रासस शाखाको तेस्रो अधिवेशन आजै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले उद्घाटन गरेका थिए।

प्रतिक्रिया