२०८३, ३१ श्रावण आईतवार
×

ट्रेन्डिङ

भ्रष्टचारी डीएसपीलाई धरौटीमा रिहा गर्न आदेश

958 Shares
Spread the love

कार्तिक २९ घुस लिँदा लिँदै प्रक्राउ परेपरी भ्रष्टचारको मुद्धासमेत भोगिरहेका महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राईलाई धरौटीमा छोड्न बिषेश अदालतले आदेश दिएको छ । विशेषका द्वारिकामान जोशी , रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठको इजलासले राईलाई घुस बराबरको धरौटी रकम लिएर छोड्न आदेश दिएका हुन् ।

रार्इलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले १ लाख ४० हजार रुपैयाँ घूस लिँदै गर्दा असोज २० गते रंगेहात पक्राउ गरेको थियो। अब उनले १ लाख ४० हजार रुपैयाँ धरौटी बुझाएर थुनामुक्त हुन सक्नेछन्। अदालतले उनलाई धरौटीसहितको तारेखमा राखेर मुद्दाको सुनुवाइ गर्ने छ।

राईमाथि बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर आतंक मच्चाएको समेत आरोप लागेको छ । यसबारेमा उनीबिरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरीसमेत परेको छ ।

प्रतिक्रिया