२०८३, १ भाद्र सोमबार
×

ट्रेन्डिङ

श्रीलंकामा सांसदबीच झडप , मुक्कादेखि लात्ती हानाहान(भिडियो सहित)

1679 Shares
Spread the love

कार्तिक २९-  श्रीलंकामा यतिबेला राजनितीक संकट चरम सिमामा पुगेको छ । तथापी राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसद पुनः स्थापना भएको छ । यसबीचमा बिहिबार भने श्रीलंकाको संसद भवनमा कुटाकुट नै भएको छ । प्रधानमन्त्री महिन्दा राजपक्षे र विक्रमसिंघेका समर्थकबीच भएको विवाद असमान्य भएपछि सांसदहरुबीच झडप नै भएको हो ।

झडपमा सांसदहरुले एकले अर्कालाई घुस्सादेखि लात्तोसमेत हानेको दृश्यहरु टेलिभिजनहरुले प्रसारण गरिरहेका छन् ।झडपका क्रममा दिलुम अमुनुगाम्ना नाम गरेका सांसद घाइते भएका छन् । बिहिबार बिहान संसद बैठक चलिरहँदा प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका समर्थक सभामुखविरुद्ध उत्तेजित बनेपछि कुटाकुट सुरु भएको थियो ।

यसैबीच प्रधानमन्त्री राजपक्षेले सभामुखसँग ध्वनीमतबाट आफूलाई हटाउने अधिकार नरहेको दाबी गरेका छन् ।मंगलबार संसदबाट पारित भएको अविस्वास प्रस्तावलाई लिएर उनले यो दाबी गरेका हुन् ।राजपक्षलेले सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको पनि आरोप लगाएका छन् । उनको यस्तो बयानले बिपक्षी दलमा झन आक्रोस देखिएको छ ।

 

 

प्रतिक्रिया