एजेन्सी, २९ कात्तिक । भारतको राजधानी नयाँ दिल्लीमा आफ्ना आफन्तहरुलाई लज्जाबोध गराउने घटना सार्वजनिक भएको छ । पूर्वी दिल्लीको मधु विहार इलाकामा एक ब्यक्तिले आफ्नो सालीलाई सहवासको शिकार बनाएका छन् । पीडितकी दिदी, अर्थात आरोपित पुरुषकी श्रीमतिले प्रहरी चौकीमा गई आफ्नै श्रीमानविरुद्ध उजुरी दर्ता गरेकी छन् ।

श्रीमतिको उजुरीमाथि प्रहरीले धारा ३७६ अन्तर्गत मुद्धा दर्ता गरेको छ । तर अहिलेसम्म प्रहरीले आरोपित श्रीमानलाई पक्राउ गर्न सकेको छैन । घटनापछि आरोपित सुलभ सरना फरार रहेका छन् । यो घटना पूर्वी दिल्लीस्थित मधु विहारको एक हाई प्रोफाइल अपार्टमेन्टको हो ।
प्रहरीले जानकारी गराए अनुसार आरोपित सुलभले आफ्नो सालीको साथ कैयौं पटक सहवास गरिसकेका छन् । तर उनले आफ्नो सालीमाथि बारम्बार सहवास गरेपछि अन्त्यमा आएर आफ्नो दिदीलाई यस घटना बारे जानकारी गराइन् । उनले आफ्ना स्थानीयहरुको डरका कारण यो घटनालाई बाहिर ल्यान सकेकी थिइनन्, तर अन्त्यमा आएर आफ्नो मुख खोल्न बाध्य भएपछि आफ्नो दिदीलाई भनेकी हुन् ।
पीडितका अनुसार कहिलेकाँही आफ्नो दिदीको घरमा आउने जाने गर्दथिन् । यसै अवसरमा दिदी नभएको मौका छोपेर उनीसँग बारम्बार जबरजस्ती शारीरिक सम्बन्ध गर्दै आएका थिए । आफ्नो दिदीलाई यो कुरा बताउने भन्दा सुलभले हात जोड्दै माफी मागेका थिए र अब कहिल्यै यस्तो नराम्रो हर्कत नगर्ने बताएका थिए ।
तर केही दिनमै सुलभले सोही हर्कत दोहो¥याए । त्यसपछि उनले आफ्नो दिदीलाई यो घटनाको बारेमा ती पीडित युवतीले बताएकी थिइन् । आफ्नै बहिनीसँग यस्तो अश्लिल हर्कत गरेपछि दिदी आफै मधु विहार थानामा गएर उजुरी दर्ता गरेकी हुन् । अहिले त्यहाँको प्रहरीले भने सुलभको खोजी गरिरहेको छ ।