२०८३, ३० श्रावण शनिबार
×

ट्रेन्डिङ

एन्जिनाको बलात्कारमा बालकको पनि संलग्नता

1478 Shares
Spread the love

कार्तिक २९ – १३ बर्षीय बालिका एन्जिना खड्काको हत्यामा संलग्न दुई अभियुक्तहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ । गत शनिबार उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन एन्जिनाको बलात्कारपछि हत्यामा संलग्न भएका दुई बालक १४ वर्षीय बहादुर राई (नाम परिबर्तन)  र अर्का १७ वर्षीय बिपललाई बालिका हत्याका अभियोगमा चार दिनको अनुसन्धानपछि बिहीबार सार्वजनिक गरिएको छ ।

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । घरनजिकैको जङ्गलमा बाख्रा चराउन गएकी एन्जिनालाई एक्लै देखेर दुई अभियुक्तले बालिका भएको स्थानमा गएर पक्रेर बलात्कारपछि हत्या गरेको अभियुक्तहरुले स्वीकार गरेको अनुसन्धानले देखाएको प्रहरी प्रमुख राईले बताए ।

बाख्रा चराउन गएकी बालिका राति अबेरसम्म घरमा नआएपछि अभिभावकसहित छिमेकीले रातभरि खोज्ने क्रममा आइतबार २ बजे नजीकैको खरबारी पाखाको एक रूखको फेदमा शरीरमा लगाएको कपडा च्यातिएको, घाँटीमा नीलडाम र मुखमा कपडा खादेको अवस्थामा मृतावस्थामा बालिका भेटिएककी थिईन् ।

‘बलात्कारपछि हत्या’ गरिएकी १३ वर्षीय बालिकाको शव घटनास्थलमा । तस्बिर : नेपाल प्रहरी

अनुसन्धानमा प्रहरीले ६ जना पक्राउ गरे पनि हत्यामा संलग्न दुई जना मात्र भएको पुष्टि भएपछि आज अभियुक्तहरुलाई सार्वजनिक गरेको र अन्यलाई छाडिएको प्रहरीले बताएको छ ।अभियुक्तहरु नेपालको कानूनअनुसार बालक नै भएको कारण पहिला अदालतको परामर्शअनुसार सुधारगृहमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया