२०८३, ३० श्रावण शनिबार
×

ट्रेन्डिङ

एनसीसी कतारद्वारा भेटघाट तथा परिचयात्मक सम्पन्न

2382 Shares
Spread the love

कतार भ्रमणका क्रममा कतार आईपुग्नुभएका एनआरएनए आईसीसीका संस्थापक अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक डा. उपेन्द्र महतो ज्यूसंग एनसीसी कतारले भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका का.बा. अध्यक्ष तेज कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आईसीसी संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोल, मानार्थ परिषद सदस्य टि.बि. कार्की, नरेन्द्र भाट, आईसीसी पूर्व उपाध्यक्ष सागर नेपाल, आईसीसी पूर्व मध्यपूर्व क्षेत्रीय संयोजक बद्री पाण्डे, आईसीसी सदस्य बिनोद भट्टराई, एनसीसी कतारका पदाधिकारी तथा सदस्यहरू र सल्लाहकारहरूको उपस्थिति रहेको थियो ।

भेटघाट कार्यक्रममा बोल्ने क्रममा संरक्षक डा. महतोले संघको स्थापना कालको संघर्ष, हालसम्मको एनआरएनए अभियान र यसले प्राप्त गरेका उपलब्धिहरू र भावी लक्ष्यबारे संक्षिप्त जानकारी गराउनुभयो । उहाँले थप्नुभयो एनआरएनए वास्तवमैं विश्वभरी रहेका नेपालीहरूको साझा संस्था हो र यसको माध्यममबाट आफ्नो देशको समृद्धिका लागि विदेशमा आर्जेका ज्ञान, सीप र पुंजी लगायतका अन्य धेरै कुराहरूलाई सदुपयोग गर्ने साथै एकीकृत गर्न पाउने अवसरको रुपमा संघले कृयाशीलता देखाउनु पर्दछ र देखाईरहेका छन् । उहाँले एनसीसी कतारले गैरआवासीय नेपाली अभियानलाई यो अवस्थासम्म ल्याउनको लागि उल्लेख्य योगदान गरेको भन्दै प्रशंसित शब्दहरू मार्फद धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापति संघका प्रथम उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष तेज कटुवालले कार्यक्रम समापन गर्ने क्रममा बोल्नुहुदै संस्थापक अध्यक्ष एबं प्रमुख संरक्षक ज्यू छोटो समयको लागि कतार भम्रणमा रहे पनि संस्था प्रतिको मायाले समय प्रदान गर्दै एनसीसी कतारलाई यो अवसर प्रदान गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्दै एनसीसी कतारले गरिरहेको गतिविधिको बारेमा जानकारी गराउनुहुदै अन्त्यमा उपस्थिति सबैलाई धन्यबाद सहित कार्यक्रम समापन गर्नु भयो।

एनसीसी कतारका महासचिव बुधवल गुरुङले संचालन गर्नुभएको कार्यक्रममा संघका द्धितिय उपाध्यक्ष सुदर्शन भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो । संरक्षक डा. महतो हिजो नै नेपाल फर्किसक्नु भयो ।

प्रतिक्रिया