२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

नारी दिवसको अवसरमा नर्भिकले साताभरि छुट दिने

1735 Shares
Spread the love

काठमाडौं ।  नर्भिक इन्टरनेशनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचार सेवा र हेल्थ प्याकेजहरूमा भारी छुटको स्किम सार्वजनिक गरेको छ । हस्पिटलले आगामी मार्च ८ (फागुन २४ गते) पर्ने नारी दिवसको अवसर विशेष छुटको स्किम सार्वजनिक गरेको हो ।

नर्भिकमा उपलब्ध फिमेल वेलनेसका प्याकेजहरूमा नर्भिकले ६ मार्चदेखि १३ मार्चसम्म(एक साता)का लागि १५ प्रतिशत छुट दिनेछ । सो अवधिमा महिलाहरूको स्तनको जाँचका लागि गरिने विशेष एक्सरे(म्यामोग्राफी) गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने अस्पतालले जनाएको छ ।

यस्तै, नारी दिवसकै अवसर पारेर नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले हाइड्रा फेसियल तथा पर्मानेन्ट हेयर रिडक्सनका लागि गरिने लेजर उपचार सेवाको शुल्कमा २५ प्रतिशत छुट दिइने गरी अर्को स्किम समेत सार्वजनिक गरिएको छ । यो स्किम पनि मार्च ६ देखि १३ सम्म नै रहनेछ ।

यी सबै खालका स्किमहरुमा उपलब्ध छुटको सेवा ७ दिन(६ मार्चदेखि १३ मार्चसम्म) मात्र रहने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया