२०८३, ३० श्रावण शनिबार
×

ट्रेन्डिङ

पुर्व प्रधानमन्त्रि माधव कुमार नेपाल बेलायत प्रस्थान

1269 Shares
Spread the love

काठमाडौं । पुर्व प्रधानमन्त्रि तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपाल बेलायत प्रस्थान गरेका छन्  ।
लण्डनमा गायक हेमन मोक्तानले ‘अध्यारोबाट उज्यालोतर्फको यात्रा , शिक्षाका लागि विश्व सांगीतिक अभियान’ भन्ने नारा सहित बेलायतमा कार्यक्रममा सहभागी हुन (नेकपा) का बरिष्ठ नेता  बेलायत प्रस्थान गरेका  हुन्  ।

हेमनले आफ्नो गैह्र नाफामुलक संस्था मानव जीवन संरक्षण मञ्च , नेपाल मार्फत बेलायतबाट अभियानको सुरुवात गर्न लागेको बताएका छन् । झन्डै पाँच करोडको अक्षयकोष निर्माणगरी नेपाल सरकारद्वारा पिछडिएको क्षेत्र घोषित ७ वटै प्रदेशका ५७ स्थानीय तहका विद्यार्थी लाभान्वित हुनेगरी सौर्य ऊर्जा सहितको कम्प्युटर प्रयोगशाला स्थापना गर्ने उदेश्यका साथ मञ्चले यस अभियानमा अगाडी बढेको जनाइएको छ ।


सो कार्येक्रममा लन्डन आउदै गरेका पुर्व प्रधानमंन्त्री माधब कुमार नेपालसंग बेलायतको अल्डरशटमा अन्तरक्रिया  पनि हुने भएको छ ।
प्रवासी नेपाली मन्च, बेलायत र नेपाली जनप्रगतिसिल मन्च बेलायतको संयुक्त आयोजना मा यहि आउदो  १८ नोवेम्बर २०१८ आइतबार का दिन साझ छ बजे  अल्डरशटमा को इम्पाएर हलमा नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता तथा पुर्व प्रधानमंन्त्री  माधब कुमार नेपालको प्रमुख आतिथ्यमा हुने भेटघाट तथा अन्तरक्रिया  कार्यक्रममा  रहेको जानकारी प्रवासी नेपाली मन्चका अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिए ।
अन्तरक्रिया हुने स्थान :
Date- 18th November- 2018, Sunday
Time- 1800 Hrs Onwards ( sharp)
Venue- Empire Banqueeting Hall, Aldershot,GU11 1DJ

प्रतिक्रिया