२०८३, १ भाद्र सोमबार
×

ट्रेन्डिङ

प्रेस युनियन दार्चुलाको अध्यक्षमा बडू

2830 Shares
Spread the love

दार्चुला, २९ कात्तिक
प्रेस युनियन दार्चुलाको पाँचाँै जिल्ला अधिवेशनबाट मनोज बडू सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका छन् । बुधबार राति भएको अधिवेशनले बडूको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । कान्तिपुर दैनिकका जिल्ला संवाददाता रहनुभएका बडू यसअघि कार्यसमिति सचिव हुनुहुन्थ्यो ।

समितिको उपाध्यक्षमा सुन्दरसिंह धामी, जनजाति उपाध्यक्ष विशनसिंह बुढाथोकी, सचिव किरनसिंह धामी, सहसचिव भावना सिंह र कोषाध्यक्षमा दमयन्ती जोशीलगायत १३ सदस्यीय समिति चयन भएको हो ।

यसैगरी युनियनको केन्द्रीय प्रतिनिधिमा (पार्षद्) विक्रम गिरी, राजेन्द्रप्रसाद बडू, प्रेम चुनारा, कमलराज जोशी, खेमराज बडू, शेरसिंह सामन्त र मञ्जु कोली चयन भएका छन् । सुदूरपश्चिम प्रदेश प्रतिनिधि भने चयन हुन बाँकी रहेको प्रेम चुनाराले जानकारी दिनुभयो ।

प्रेस युनियनको अधिवेशनको उद्घाटन प्रतिनिधिसभा सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले गर्नुभएको थियो । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय महासचिव अजयबावु शिवाकोटीलगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । (रासस)

प्रतिक्रिया