२०८३, १ भाद्र सोमबार
×

ट्रेन्डिङ

दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह

2900 Shares
Spread the love

काठमाडौँ । नेपाल पत्रकार महासंघले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका लागि शुरु गरिएको तेस्रो चरणको बीमा कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग र पत्रकार महासंघबाट सो बीमा कार्यक्रम शुरु गरिएको हो।

महासंघले उक्त कार्यक्रमअन्तर्गत आव २०७५÷०७६ मा दुर्घटना बीमा कार्यक्रममा जिल्ला, प्रतिष्ठान शाखा र एशोसिएट संस्थाका सदस्य पत्रकारलाई आवश्यक प्रक्रिया पुर्याई आउँदो मङ्सिर १५ गतेसम्ममा सहभागी हुन अनुरोध गरेको छ।

महासंघका महासचिव रमेश विष्टले गत वैशाख र असारमा बीमा गरिएका पत्रकारले बीमाका लागि प्रक्रिया पुर्याई २०७६ वैशाखपछि सम्पर्क गर्नुपर्ने जानकारी दिए।

सरकारले पत्रकारका लागि दुर्घटना बीमा निर्देशिका, २०७० मार्फत पाँच लाखसम्मको दुर्घटना बीमा स्थापना गरेको थियो। दुर्घटना बीमा गर्न पत्रकारले सूचना विभागले जारी गरी अवधि नसकिएको परिचयपत्र र महासंघको सदस्यता नवीकरण तथा सदस्यता लिएको हुनुपर्नेछ।

प्रतिक्रिया