२०८३, ३० श्रावण शनिबार
×

ट्रेन्डिङ

नेपाली फिल्म ‘प्रेमलिला’ को हिन्दी गीत रिलिज (भिडियो सहित)

1755 Shares
Spread the love

माघ २५ बाट अल नेपाल रिलिज हुन लागिरहेको फिल्म प्रेमलीलाको नयाँ गीत सार्वजनिक भएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा उठान गरिएको यस फिल्ममा दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भुमिका रहेको छ । अन्तर्देशीय प्रेम को कथा उठाएकै कारण हिन्दी भाषामा समाबेश गीत रिलिज गरिएको हो ।

“जाने क्या हुवा ए”  बोलको गीतमा डाक्टर सागरको शब्दमा रवि राज शाहको संगीत रहेको छ भने राजा हसन र सौमी शैलेशको आवाज रहेको छ । गीत्को मेकिङशैली प्रशंसनिय छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्ममा दीपशिखा र अलिसँगै मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नायिका दिपशिखाकै कथा तथा लेखन रहेको फिल्मलाई जनक पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा नानीमैया कार्की र फैजिल फिल्म्सको लगानी रहेको छ । यही फिल्मका लागि दिपशिखाले आफनो कपाल मुण्डनसमेत गरेकी थिईन् ।

https://youtu.be/-wlAOMHzrIo

प्रतिक्रिया