२०८३, ३० श्रावण शनिबार
×

ट्रेन्डिङ

भारतीय नागरिकबाट बालिका बलात्कृत, घटनामा संलग्न दुई पक्राउ

2109 Shares
समाचार प्रतिनिधि स्केच
Spread the love

बर्दिया – बर्दियामा ११ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छन्। बाख्रा चराउन गएकी बढैयाताल गाउँपालिकाकी ११ वर्षीया बालिका भारतीय नागरिकबाट सामूहिक बलात्कारमा परेकी हुन्।

आइतबार साझ बलात्कार पछि रुँदै घर आएकी बालिकाले आमालाई घटनाबारे बताएकी थिइन्। स्थानीयले घटनाबारे प्रहरीलाई खबर गरेका थिए। घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब २० किलोमिटर दूरीमा पर्दछ।

घटनाको जानकारी पाएलगत्तै खटेको प्रहरीले बलात्कारमा संलग्न दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। बलात्कार पछि फरार भएका भारत उत्तर प्रदेशको बहराइच मोतिपुरका १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए।

प्रहरीले खबर पाएलगत्तै सीमावर्ती क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन गरेर फरार भारतीय नागरिकलाई पक्राउ गर्न प्रहरी सफल भएको एसपी सुरेन्द्र मैनालीले बताए। प्रहरीले पक्राउ परेका दुबै जनाकाे नाम भने सार्वजनिक गरेकाे छैन।

बालिकाको स्वास्थ्य परिक्षण गरिएको र अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया