२०८३, ३० श्रावण शनिबार
×

ट्रेन्डिङ

लन्डनमा म्हःपूजा एवं नेपाल सम्वत् ११३९ को कार्यक्रम सम्पन्न (फोटो फिचर)

2232 Shares
Spread the love

लण्डन । बेलायतमा नेवारी समुदायको महान पर्व म्हः पूजा एवं नेपाल सम्वत् ११३९ वृहत सांस्कृतिक कार्यक्रमका साथ मनाइएको छ ।

पासा पुच गुठी साउथ ईष्ट लण्डनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेवारी परम्परा अनुरुप लाईनबद्ध भएर दुनामा नेवारी परिकार र ऐलाको स्वाद लिएको दृश्य निकै रमणीय र नेपालकै झल्को दिने देखिन्थ्यो ।

म्हः पूजा गर्न करिब दुई सय जनाको सहभागी थियो । नेवार समुदाय मात्र नभएर अन्य समुदाय पनि म्हः पूजामा सहभागी भएका थिए ।नेवारी भाषामा म्हः भनेको शरीर हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीर भित्रको चेतनालाई पूजा गर्ने यस पर्वको मान्यता छ ।

प्रवासमा रहेर पनि नेवारी परम्परा, कला र संस्कृतिको संरक्षण र प्रवर्धनका लागि मात्र नभएर नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै अन्य समुदायमा पनि प्रवर्धनका लागि यस्ता किसिमका कार्यक्रम गर्नु संस्थाको मुल उदेश्य रहेको अध्यक्ष सुशिल प्रजापतिले जानकारी दिए ।

कुमारी यात्रा र झांकीबाट शुरु गरिएको सांस्कृतिक कार्यक्रममा नेवारी समुदायमा लोकप्रिय मानिने धिमे बाजा, लाखे नाच, मंजुश्री नृत्य, हुलाँ प्याखँ साथै विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

पासा पुच गुठी बेलायत केन्द्रिय अध्यक्ष कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बेलायत स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।करिब पाँच सय दर्शक सहभागी रहेको सो कार्यक्रम कलाकार मनिष कुमार श्रेष्ठले संचालन गरेका थिए ।

 

प्रतिक्रिया