२०८३, ३० श्रावण शनिबार
×

ट्रेन्डिङ

नेपाली मूलका एचबि भण्डारी अमेरिकी मध्यावधि निर्वाचनमा विजयी

867 Shares
Spread the love

अमेरिका – अमेरिकी मध्यावधि निर्वाचनमा नेपाली मूलका एचबि भण्डारी निर्वाचित भएका छन्। भण्डारी मेरिल्याण्डको हाउस अफ डेलीगेट डीष्ट्रीक–८ बाट निर्वार्चित भएका हुन्।

मंगलबार भएको निर्वाचनमा भण्डारी २० हजार, ९ सय, ७७ मत प्राप्त गर्दै विजयी भए। उनी अमेरिकी राजनीतिमा उपल्लो तहमा निर्वाचित हुने पहलो नेपाली मूलका अमेरिकी राजनीतिज्ञ हुन्। तीन जना निर्वाचित भएकोमा उनी दोश्रो धेरै मत ल्याएर विजयी हुन सफल भए। यो जितसँगै भण्डारी अमेरिकी राज्य संसद् भवन छिर्न सफल भएका छन्।

निर्वाचन क्षेत्र संख्या ८ मा भण्डारीसँगै एरिक ब्रोमवेल र कार्ल ज्याक्शन पनि डेमोक्रेटीक पार्टीका तर्फबाट प्रतिस्पर्धामा थिए। ह्यारीले रिपब्लिकन दलका ३ जना उम्मेदवारहरु जो क्लस्टर, जोसेफ बोट्लर र कार्ल ज्याक्सनसँग निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।

भण्डारी डेमोक्रेटिक पार्टीको उम्मेदवारको रूपमा मेरिल्याण्ड राज्यको विधायीकाको तल्लो सदनको लागि उम्मेदवार बनेका थिए। भण्डारीले डेमोक्रेटीक पार्टीको प्रारम्भिक निर्वाचनमा विजयी भई मंगलबार भएको निर्वाचनमा उम्मेदवारी दिन पाएका थिए।

नेपालको गुल्मी जिल्लाबाट ८ वर्ष अघि डिभी परेर अमेरिका पुगेका भण्डारी पेशाले शिक्षक हुन्। उनी डेमोक्रयाटीक पार्टीको केन्द्रीय सदस्यसमेत हुन्।

प्रतिक्रिया