२०८३, ३० श्रावण शनिबार
×

ट्रेन्डिङ

मुख्यमन्त्री पौडेलमाथि केशव स्थापितको गम्भिर आरोप

805 Shares
Spread the love

काठमाडौँ । बर्खास्तीमा परेका प्रदेश ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलले सीआईएसँग साँठगाँठ गरिरहेको गम्भिर आरोप लगाएका छन्। स्थापितले संविधान, कानुन विपरित अराजक ढंगले मुख्यमन्त्री पौडेल चलिरहेको दावी गर्दै तिहारपछि उनीविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रदेश राजधानी हेटांैडाबाट अन्यत्र सर्न नदिन मुख्य मन्त्री पौडेलले आफूलाई पदबाट बर्खास्त गरेको दावी समेत गरे। स्थापितले मुख्यमन्त्री पौडेलले प्रदेश मन्त्रीपरिषदलाई जानकारी समेत नदिई प्रदेश नीति तथा योजना आयोग गठन गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।

स्थापितलाई आफूमाथि दुव्र्यवहार गरेको र कार्य सम्पादनमा चित्त नबुझेको भन्दै मुख्य मन्त्री पौडेलले पदबाट बर्खास्त गरेका थिए। स्थापितले मुख्यमन्त्री पौडेलले आफूमाथि अनियमितता गरेको आरोप लगाएपछि मन्त्रीपरिषद बैठकमा त्यसको प्रतिवाद गर्नु परेको स्पष्टिकरण पनि दिएका थिए। उनले आफूले अनियमितता गरेको पुष्टि गरेर देखाउन पनि मुख्यमन्त्री पौडेललाई चुनौति दिएका छन्।

प्रतिक्रिया