२०८३, ३० श्रावण शनिबार
×

ट्रेन्डिङ

बिष्णु बन्जाडे र गायिका कल्पना काफ्लेको रोइला गीत बजारमा (भिडियो )

1833 Shares
Spread the love

लन्डन । प्रवासमा रहेर पनि देशको कला संस्कृतिप्रति लगाव राख्नु आफैमा महत्वपूर्ण कुरा हो । प्रबासी जीवनका वाबजुद पनि स्वदेशी गीत, संगीत र कलालाई माया गर्नु कसैको रोजाई पर्छ भने त्यो सम्मानयोग्य रहन्छ ।
आजकल र्‍याप, पप र आधुनिक गीत,संगीतमा झुकाव राख्ने नयाँ पुस्ता लोकभाकामा रमाउनु आफैमा गर्वको बिषय पनि हो । लोक संस्कृतिलाई र लोकभाकालाई माया गर्ने युवा बिष्णु बन्जाडे यतिखेर बेलायतमा रहेर पनि गामबेसीको भाकामा रमाउन लालायीत छन । नेपालमा विभिन्न चाडपर्व विवाह समारोह पर्व विशेषमा गाइने विभिन्न भाकाहरु समेटेर गित बजारमा ल्याउने क्रममा गायक बञ्जाडे र गायिका कल्पना काफ्ले को सुमधुर आवाजमा एकदमै रमाइलो  रोइला गीत भए  भन्थेउ  बिस्की भन्ने गित युटुबमार्फत सार्बजनिक गरिएको छ।
उक्त भिडियोमा विष्णु बन्जाडेको शब्द र सगित रहेको छ  भने गीतमा मोडल  शोभा बश्याल र बिष्णु बन्जाडेको निकै उत्कृष्ट अभिनय रहेको देखिन्छ र उक्त गीत बिष्णु भट्टराईले निर्देशन गरेका छन ।

हेरौ उक्त भिडियो

प्रतिक्रिया