२०८३, ३० श्रावण शनिबार
×

ट्रेन्डिङ

पहिलो पटक विराटनगर पनि आइपुग्यो रेल

3009 Shares
Spread the love

विराटनगर । भारतको बथनाहाबाट विराटनगर –१८ स्थित बुधनगरमा रेल आइपुगेको छ। बथनाह—कटहरी रेलमार्ग अन्तर्गत एकिकृत भन्सार जाँच चौकी (आइसीपी) नजिकको स्टेशनमा आइतबार दिउँसो रेलको इन्जिन परीक्षण गरिएको हो।

निर्माणाधिन रेल मार्गको बथनाहा—बुधनगर खण्डमा लिक परीक्षणका लागि रेलको इन्जिन ल्याइएको हो। पहिलोपटक विराटनगर आएको रेललाई स्थानीयले ताली बजाएर स्वागत गरेका थिए। बथनाहा— कटहरी रेल मार्गको लम्वाई १८ किलो मिटर रहे पनि पहिलो चरणमा ८ किलो मिटर रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको खबर नागरिक दैनिकमा छ।

बथनाहबाट आएको रेलमा चालक नागेन्द्रकुमारसहित परियोजना प्रमुख अश्वीनीकुमार, एनएफ रेलवेका डेपुटी इन्जिनियर एस् विश्वासलगायत थिए। न्यू विजी रेललाईन परियोजना प्रमुख नागेन्द्रकुमारले बथनाहा–बुधनगर ८ किलोमिटर खण्डको भने १२ डिसेम्वरमा उद्घाटन गर्ने योजनारहेको जानकारी दिए। रेलमार्ग निर्माण गर्न ४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको रेलमार्गमा ४ वटा ट्याक छ।

प्रतिक्रिया