२०८३, २९ भाद्र सोमबार
×

ट्रेन्डिङ

भारतीय महिला हत्या आरोपमा नेपाली युवा वीरगञ्जबाट पक्राउ

1516 Shares
Spread the love

काठमाडौं । भारतको राजधानी दिल्लीमा भएको एक हत्याको आरोपमा नेपाली नागरिक रामप्रसाद शर्मा पक्राउ परेका छन्।

सुदूरपश्चिम नेपालको कैलाली जिल्ला निवासी ३८ वर्षीय रामप्रसाद शर्मालाई कालेबुङकी ३२ वर्षीया महिला लक्ष्मी छेत्रीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

दिल्लीको मेहराउली प्रहरीका अनुसार आरोपी शर्मालाई सोमवार राति वीरगञ्जबाट पक्राउ गरिएको हो। हत्याको घटनापछि शर्मा दिल्लीबाट भागेका थिए।

हिजो शर्मालाई अदालतमा पेश गरियो। अदालतले आरोपीलाई एक दिनको न्यायिक हिरासतमा राख्ने आदेश सुनाएको छ। मेहराउली प्रहरीका अनुसार आरोपीले आफ्नो अपराध स्वीकारेका छन्। पैसाका मामिलामा शर्माले लक्ष्मीको हत्या गरेको प्रहरीको भनाइ छ। भोलि पुनः शर्मालाई अदालतमा उभ्याइनेछ।

हत्या भएकी लक्ष्मीका नजिकका आफन्तकाअनुसार रामप्रसाद शर्माले लक्ष्मीलाई दुईवर्ष अघि विवाह गरेका थिए। यो कुरालाई आरोपीले पनि स्वीकारेका छन्। आफूहरूले मन्दिरमा विवाह गरेको आरोपीले स्वीकारेको सूत्रको भनाइ छ।

यद्यपि विवाह गरेदेखि नै लक्ष्मीसँग पैसा माग्दै आरोपी रामप्रसादले झगड़ा गर्थे। प्रहरीका अनुसार पैसाकै मामिला रामप्रसादले लक्ष्मीको हत्या गरेका हुन्।

उल्लेखनीय छ, कालेबुङको दलपचन्द निवासी लक्ष्मी छेत्रीलाई कार्तिक ८ मा दिल्ली मेहराउलीको ज्ञ देशु रोडस्थित उनकै कोठामा मृत अवस्थामा पाइएको थियो।

पोस्टमर्टममा लक्ष्मीको हत्या भएको खुलासा भएको थियो। लक्ष्मीको हत्या भएको खुलासा भएपछि दिल्ली प्रहरीको नर्थइष्ट सेलकी दार्जीलिङ प्रतिनिधि एवं समाजसेवी रेबिका राई र उनको टीमले प्रहरीका उच्चाधिकारीहरूसँग भेट गरी लक्ष्मीका हत्यारालाई चाँड़ो पक्राउ गरी कठोर सजाय दिने माग गरेका थिए।

घरको आर्थिक अवस्था कमजोर रहेकोले काम गर्न भनी केही वर्षअघि लक्ष्मी दिल्ली गएकी थिइन्। त्यहीं उनको भेट रामप्रसाद शर्मासँग भएको बताइएको छ।

प्रतिक्रिया