२०८३, ४ आश्विन आईतवार
×

ट्रेन्डिङ

फुर्ती हान्दा नेपाली बिद्यार्थी अमेरिकन कलेजबाट निष्कासित

1108 Shares
Spread the love

कार्तिक १४ -भनिन्छ नी कहिलेकाही बढि फुर्ती हानियो भने फस्नु फसिन्छ यस्तै वातावरणबाट गुज्रिएका छन् एक नेपाली बिद्यार्थी । न्यू हृयाम्पसायर राज्यस्थित न्यू लण्डनमा रहेको अमेरिकन कलेज कोल्बी- सोयर कलेजले २१ वषिर्य सुप्रज्ञ रिजाललाई फुर्ती हान्दा  निष्कासन गरेको छ । उनीमाथि साथीलाई धम्काएको आरोप छ ।

उनले बेलुकी खाना खाने क्रममा एक साथीसँग शिकारको कुरा गरेका थिए । आफूले ती साथीसँग आफ्नो बाल्यकाल र हजुरबुबाको बारेमा कुरा गरेको रिजालले बताएका छन् । तर, उनीहरुले अर्कै अर्थमा बुझेर धम्कीको रुपमा लिएको रिजाल बताउँछन् ।

उनले साथीसंग भनेका थिए ‘मेरो हजुरबुबाले पहिले नेपालमा शिकार खेल्ने गर्नुहुन्थ्यो र उहाँले मलाई बन्दुक चलाउन सिकाउनुभएको थियो,’ उनले भने, ‘म यसमा (बन्दुक चलाउन)  निकै सिपालु छु ।’ प्रहरीले भने रिजालले हन्टर फिट्जसिमोन्स नामका ती विद्यार्थीलाई आफूसँग अनुमतिप्राप्त बन्दुक भएको र कलेजका कसैले पनि केही गर्न नसक्ने भन्दै धम्क्याएको जनाएको छ ।

न्यू लण्डन प्रहरीका सर्जेन्ट डेभिड केथले लेखेको रिपोर्टअनुसार फिट्जसिमोन्सले यस विषयमा क्याम्पसमा जानकारी गराएका थिए र क्याम्पसका सुरक्षा अधिकृतहरुले प्रहरीलाई खबर गरेका थिए ।रिजालमाथि कलेजमा हुन गइरहेको साहित्यिक कार्यक्रममा मानिसहरुलाई गोली प्रहार गर्ने योजना बनाएको आरोपसमेत लगाइएको छ । रिजाललाई अक्टोबर ३ मा प्रहरीले पक्राउ गरेर दुई दिनसम्म हिरासतमा राखेपछि छोडिदिएको थियो ।

क्याम्पसका सुरक्षा अधिकृत विल्ली ब्याकोटले रिजालले कलेजमा मदिरापान र झैझगडा गरी अनुशासन भंग गरेको रेकर्ड भएको बताएका छन् । रिजालले अमेरिका र गोरा वर्णका मानिसलाई घृणा गर्ने उनको दावी छ ।रिजालको अपार्टमेन्टबाट हतियार बरामद भएको नभएको बारेमा प्रहरीको रिपोर्टमा उल्लेख छैन ।

प्रहरीले पक्राउ गरेको कारणले नै आफूलाई कोल्बी(सोयर कलेजले निष्कासन गरेको रिजालले बताएका छन् । कलेजले भने रिजालको बारेमा कुनै प्रतिक्रिया दिन मानेको छैन । उनीमाथि लगाइएको धम्कीको आरोप प्रमाणित भएमा उनलाई नेपाल फर्काइन सक्ने सम्भावना रहेको छ ।

उता रिजालले आफुमाथि लागेको आरोप झुठो भएको बताएका छन् भने आफुसंग बन्दुक पनि भएको बताएका छन् । यतिबेला कन्कर्डस्थित मेरिम्याक सुपेरियर कोर्टमा मुद्धा खेपिरहेका रिजालमाथि लगाईएको आरोप प्रमाणित भएमा उनलाई नेपाल फर्काईने बताईएको छ ।

(न्यू हृयाम्पसायर युनियन लिडरबाट)

प्रतिक्रिया