२०८२, २९ बैशाख सोमबार
×

ट्रेन्डिङ

बलात्कार भएपछि २३ वर्षीया नेपाली युवती तेस्रो तलाबाट निर्वस्त्रै हाम फालिन्

1566 Shares

भारतको जयपुरमा एक २३ वर्षीया नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न २ आरोपीलाई शनिबार राति पक्राउ गरिएको छ ।

जयपुरका सहायक पुलिस आयुक्त केके अवस्थीले दिएको जानकारीका अनुसार २३ वर्षीय नेपाली युवतीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय लोकेश सैनी र २४ वर्षीय कमल सैनीलाई शनिबार राति पक्राउ गरिएको हो ।

थानाप्रमुख देवेन्द्रले  दुवैजनाले शनिबार राति युवतीलाई बलात्कार गरेका थिए । आफूमाथि दुस्कर्म भएपछि २३ वर्षीय नेपाली महिलाले मुहाना अपार्टमेन्टको तेस्रो तलाबाट नांगै हाम फालेकी थिइन् । उनलाई प्रहरीले अस्पताल लगेका थिए । उनको उपचार भैरहेको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया