२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

सुनकोशी नदीमा बस खस्यो, एकजनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी

1576 Shares
Spread the love

काठमाडौं। सिन्धुलीको मरिणबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सुनकोशी नदीमा खस्दा एक जनाको मृत्यु भएकोे छ भने चार जना घाइते भएका छन्। उक्त बस सिन्धुलीको मुलकोटबाट सुनकोशी नदीमा खसेको हो। बस नदीमा खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्धारमा जुटेका छन्।

तीन जनाको उद्दार गरिएको छ भने गम्भीर घाइते चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसका कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन। खोजी तथा उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया