२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

शिव परियारको सांगीतिक कोशेली ‘सुनको माया’ (भिडियो)

1925 Shares
Spread the love

काठमाडौं – नेपालीहरुको महान पर्व बिजया दशमीको पूर्व सन्ध्यामा गायक शिव परियारले दर्शक स्रोतामाझ ‘सुनको माया’ बोलको नयाँ गीत बजारमा ल्याएका छन्। श्वेता मैनालीको शब्द रहेको गीतमन गायक शिवको स्वर तथा संगीतरहेको छ।

लोकरक जनराको गीत आज आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्दै उनले यो गीत सबै आफ्ना शुभचिन्तकहरुको लागि उपहार स्वरुप रिलिज गरिएको  जानकारी गराए।

गायक शिवको ११औं एल्बम ’शिवालय’ मा समावेश ‘सुनको माया’ बोलको गीत बुधबार सार्वजनिक गरिएको हो । सार्वजनिक ‘सुनको माया’ बोलको गीत यसअघिका गीतहरुभन्दा भन्दा फरक रहेको गायक शिवले जानकारी गराए। उनका अनुसार डान्सिङ फ्लेवरको यस गीतले दर्शक स्रोताहरुकालागि फरक स्वाद पस्कने छ।’

सार्वजनिक गीतको म्युजिक भिडियोमा चर्चित मोडल तथा अभिनेत्री एलिसा राई र अनुराग ठकुरीको अभिनय देख्न सकिन्छ।

बिकास सुबेदी निर्देशनमा बनेको भिडियोमा अनिल कुमार मानन्धरको सिनेमाटोग्राफी रहेको छ भने गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

https://youtu.be/2fVQxnHiwHo

प्रतिक्रिया